कम्युनिष्ट पार्टी भित्र स्वच्छता र सुसासन जरुरी : राष्ट्रपति सि

कम्युनिष्ट पार्टी भित्र स्वच्छता र सुसासन जरुरी : राष्ट्रपति सि

  • आइतवार, अशोज २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असोज २६ काठमाण्डौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालय सदस्यहरूसँगको भेटमा पार्टीभित्र सुशासन आवश्यक पर्ने बताएका छन्।

होटल सोल्टीमा आइतबार भएको भेटवार्तामा राष्ट्रपति सीले शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने बताएका हुन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सुशासनमा ध्यान दिए शासन सञ्चालन गर्न सजिलो हुने अनुभव राष्ट्रपति सीले भेटवार्तामा सुनाए।

चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा शासन गर्न सक्नुको कारण एकपटक गरेको सत्ता कब्जा मात्रै नभएको सीको भनाइ छ। भेटवार्तामा सीले भनेका छन्, ‘चीनमा चिनियाँ कम्युनिष्ट पार्टीले शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन। निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकोले हो।’

सीले नेपालको विकासलाई नजिकबाट नियालिरहेको र त्यसमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताएको भेटपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
भेटमा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ