चिनियाँ राष्ट्रपति सीले भने नेपालको विकासमा ५६ अर्ब सहयोग गर्छाै

चिनियाँ राष्ट्रपति सीले भने नेपालको विकासमा ५६ अर्ब सहयोग गर्छाै

  • आइतवार, अशोज २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, असाेज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा उल्लेख्य सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उनले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको प्रशंसा पनि गरे ।

आफु र चीनलाई विमानस्थलमा गरिएको स्वागतको प्रशंसा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको उनले बताए । ‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उनले भने।

नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चीन तयार रहेको बताए ।

उनले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने घोषणा पनि गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी