चिनियाँ राष्ट्रपति सि र देउवाबीच ‘वान टु वान’ भेट

चिनियाँ राष्ट्रपति सि र देउवाबीच ‘वान टु वान’ भेट

  • शनिबार, अशोज २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चिनियाँ राष्ट्रपति सि चिनफिङसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शिष्टाचार भेटघाट गरेका छन् । सोल्टी होटलमा भएको ‘वान टु वान’ वार्तामा दुई देशबीचको सम्बन्ध, विकास निर्माणमा चिनियाँ सहयोगलगायत विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

‘उहाँहरुबीच भएको औपचारिक शिष्टाचार भेटघाट हो’ देउवाले नयाँ पत्रिकासँग भने ‘दुई देशबीच रहँदै आएको सम्बन्ध र विकास निर्माणमा चीनले गरेको सहयोगको विषयमा छलफल भयो ।’

पहिला कांग्रेसका नेताहरुलाई सामुहिक भेटघाट गर्ने तयारी भए पनि नमिलेकाले ‘वान टु वान’ वार्ता भएको थियो । ‘राष्ट्रपति सिसँगको भेटवार्तामा सभापतिसहित पार्टी पदाधिकारी पनि सहभागी हुने कुरा थियो तर मिलेन । त्यसपछि सभापतिले मात्रै ‘वान टु वान’ वार्ता गर्नु भयो’ देउवाको सचिवालयले जानकारी दियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ