पुनर्निर्माणमा साउदी फण्डको ३ अर्ब ४० करोड सहयोग

पुनर्निर्माणमा साउदी फण्डको ३ अर्ब ४० करोड सहयोग

  • शुक्रबार, अशोज २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

असोज २३ काठमाण्डौ ।  साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि ११२.५ साउदी रियाल (आजका विनिमय दरअनुसार करिब ३ अर्ब ४० करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यस सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।
अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गरे । हस्ताक्षरपछि बोल्दै अर्थसचिव डा.खनालले मानवीय उद्देश्यका लागि साउदी अरेबियाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोगले भूकम्पपीडितहरुको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकामा खुशी व्यक्त गरे। उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यात गर्ने मुलुकहरुको सदस्यका रुपमा पनि साउदीले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी