मनकामना केबलकार आजदेखि पुनः सन्चालन

मनकामना केबलकार आजदेखि पुनः सन्चालन

  • बिहिबार, अशोज २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

मुग्लिन, असोज २३ । मनकामना केबलकार सेवा बिहीबारदेखि पुनः सन्चालनमा आएको छ ।

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सन्चालनमा ल्याएको मनकामना केबलकार सेवा बिहीबारदेखि पुनः सन्चालनमा आएको हो ।

नेपालीको महान् पर्व बडादसैंको समयमा हरेक वर्षझैं यो वर्षपनि असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको केबलकार सेवा बिहीबारदेखि पुनः नियमित सन्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटार, चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेसन)रहेको छ ।

उक्त केबलकार स्टेसनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैं भीड नै लाग्ने गर्दछ ।

दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्री र तीनओटाले सामग्री तथा खसीबोका ओसार्ने गरेको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औसतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ