केही राष्ट्रबीचको मनमुटावले सार्क गतिहीनः परराष्ट्रमन्त्री

केही राष्ट्रबीचको मनमुटावले सार्क गतिहीनः परराष्ट्रमन्त्री

  • बिहिबार, अशोज १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

१६ असोज, काठमाडौं ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सार्क आबद्ध केही राष्ट्रबीचको मनमुटावले पछिल्लो समय सार्क गतिहीन बनेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले सोहि कारण सार्कको नियमित गतिविधिसमेत केहिसमयदेखि प्रभावित हुँदै गएको बताए ।
तर, यसका सबै राष्ट्र गति दिन तयार भएको उनले बताए । मन्त्री ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनौपचारिक मन्त्रिरिषद् बैठकमा सबैले सार्कलाई सक्रिय पार्न भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले सार्कलाई गति दिन यसका सदस्य राष्ट्र तयार रहेको पनि बताए । अर्को फरक प्रसंगमा मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भइनसकेको जानकारी दिए ।
चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना रहेको भएपनि मिति निर्धारण भइनसकेको उनले बताए । ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।
बैठकका क्रममा ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।
विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ