महरालाई फसाउने र बचाउनै दुवै काममा रोशनी !

महरालाई फसाउने र बचाउनै दुवै काममा रोशनी !

  • बुधबार, अशोज १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाण्डौं असोज १५ । आईतबार राति रक्सीले मातेर बलात्कार गरेको र यातना दिएको सनसनीपुर्ण र गंभीर आरोप सार्वजनिक गरेर सभामुख कृष्ण बहादुर महराको राजनीतिक यात्रामा धक्का पुर्याएकी कर्मचारी रोशनी शाही अहिले फेरी महरा निर्दोष भन्दै बचाउमा लागेकी छन् ।
उनले आरोप लगाएका कारण नैतिकताका आधारमा सभामुखबाट राजीनामा समेत दिएको केही घण्टा पछि नै महरा बाउ समान भएको भन्दै कुनै दुरव्यवहार र बलात्कार नभएको सामाजिक सञ्जालमा लेखीनन् मात्र उल्टै समाचार लेख्ने पत्रकार विरुद्ध खनिन पुगिन् ।
त्यति मात्र होईन उनले आज प्रहरी वृत्त वानेश्वरमा निवेदन नै दिएर आफूमाथि दुरव्यवार नभएको भन्दै बचाउ गरेकी छन् ।
एकै दिनमा आएका यी प्रकरणले समाजमा नयाँ तरगं फैलिएको छ ।
उनले आफू डिप्रेसनको बिरामी रहेको र नियमित औषधी पनि खाईरहेको बताएकी छन् ।
उनको यो निवेदनले महराको राजनीतिक यात्रामा लागेको दाग नपखालिए पनि महरालाई हिरासतमा राखेर जबरजस्ती करणी उद्योग अन्तर्गतको मुद्धामा अनुसन्धान भने नहुने पक्का देखिन्छ ।
किन भने यस्तो मुद्धामा अनुसन्धानका लागि पीडितका जाहेरी आवस्यक पर्दछ ।
महरालाई फसाउने र बचाउने एउटै व्यक्ति फरक रुपमा देखिए पछि यो प्रकरण रहस्यमय हुने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी