बलात्कारको आरोप लागेका सभामुख महराले राजीनामा दिने संभावना

बलात्कारको आरोप लागेका सभामुख महराले राजीनामा दिने संभावना

  • मङ्लबार, अशोज १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं असोज १४ । संसद सचिवालयमा कार्यरच एक कर्मचारी महिलामाथि बलात्कार गरेको आरोप लागे पछि चौतर्फी दवाव बढेसगै सभामुख कृष्ण बहादुर महराले राजीनामा दिने संभावना बढेको छ ।
महरालाई राजीनामा गराउन प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको स्रोतको दावी छ ।
प्रधानमन्त्री प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले सभामुख प्रकरणमा अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको जानकारी दिएका छन् ।
सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी छन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयको कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।
यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना र राजीनामा माग भईरहेको छ । पार्टीले राजिनामा माग्नु भन्दा अगाडी सभामुख आफैले राजिनामा दिन सक्ने पनि संभावना रहेको स्रोतले बताएको छ ।
नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपाका नेताहरुले महराको राजीनामा माग्न शीर्ष नेतृत्वलाई दबाब र सुझाव दिएका छन् ।
पूर्व सभामुख सुभाष् नेम्वागं सहितका नेताहरुले महराको राजीनामाका लागि पार्टीका शीर्ष नेताहरुलाई सुझाव दिएको बुझिन आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ