सभामुख कृष्णबहादुर महरामाथि जवरजस्ति करणीकाे गम्भीर आरोप !

सभामुख कृष्णबहादुर महरामाथि जवरजस्ति करणीकाे गम्भीर आरोप !

  • सोमवार, अशोज १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १३ असाेज ।

सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जवरजस्ति करणिकाे गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी हुन्।

तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

‘संसद् सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन। दरबन्दी बनाइदिनुपर्‍यो भन्नुभएको थियो, मैले गर्न मिल्ने कुरै होइन’, महराले अन्नपूर्णसँग भने, ‘भनेको नमानेपछि ममाथि निराधार आरोप लगाउनुभयो।’ आफ्नो सचिवालयका तर्फबाट औपचारिक विज्ञप्ति आउन लागेको भन्दै महराले त्यसलाई पर्खिन भने।

संघीय संसद्मै कार्यरत एक महिलाले सभामुख महरा आफ्नो डेरामा आएर आफूमाथि जबर्जस्ती गरेको आरोप लगाएको समाचार हाम्राकुरा अनलाइनले प्रकाशित गरेको छ। समाचारको दाबीअनुसार महरा आइतबार राति ती महिलाको डेरामा पुगेका थिए। मदिरा पिएर त्यहाँ पुगेका महराले आफूलाई पनि मदिरा पिउन दबाब दिएको र रक्सी पिएपछि जबर्जस्ती गरेको ती महिलाको दाबी छ।

तर यो समाचार तयार पार्दासम्म ती महिलाले प्रहरीमा उजुरी भने दर्ता गरेकी छैनन्।

अन्नपूर्णबाट साभार

  • फाइल तस्बिर

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ