डा. बाबुरामकाे प्रश्न- के हाम्रा कमरेडहरु सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?

डा. बाबुरामकाे प्रश्न- के हाम्रा कमरेडहरु सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?

  • आइतवार, अशोज १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, असोज १२ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिस्टहरु सामाजिक फासीवादतिर उन्मुख भएका हुन् ? भन्ने गम्भीर प्रश्न गरेका छन् । समाजवादी नेपाल पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले भिन्न मत राख्नेमाथि सांघातिक आक्रमण हुन थालेको घटनामाथि टिप्पणी गर्दै ट्वीटरमा भनेका छन्, ‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ।’

शनिबार चितवनमा अभियन्ता ज्ञानेन्द्र शाहीलगायतमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा तथा विद्यार्थी समूहले आक्रमण गरेको थियो ।

लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने उनको भनाइ छ । ‘निरंकुशता÷फासीवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘के हाम्रा कमरेडहरु सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ