कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि सत्तारुढ नेकपाका कार्यकर्ताद्वारा आक्रमणको प्रयास

कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि सत्तारुढ नेकपाका कार्यकर्ताद्वारा आक्रमणको प्रयास

  • आइतवार, अशोज १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

तनहुँ, असोज १२ ।

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि तनहुँमा आक्रमणको प्रयास भएकाे छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  कार्यकर्ताले हातहतियार र लाठीले आक्रमण गर्न खोजेको डा. रिजालले दाबी गरेका छन् ।

रिसिङ गाउँपालिकाको भवन उद्घाटनका लागि गएका डा. रिजालमाथि नेकपा कार्यकर्ताले बाटोमा आक्रमण प्रयास गरेकाे बताइएकाे छन् ।

भवन उद्घाटन गर्नबाट रोक्न ठाउँ ठाउँमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै रिजालसहितका नेताहरु चढेका गाडीमा ढुंगामुढा गरिएको थियो । बाटो अवरुद्ध गरेर बसेका नेकपा कार्यकर्ताहरुले आक्रमण गर्न खोजेको डा. रिजालले दाबी छ ।

प्रहरी प्रशासनको आडमा नेकपा कार्यकर्ता आक्रमणमा उत्रिएको आरोप पनि उनले लगाए । नेकपा कार्यकर्ताको अवरोधका बावजुद नेता रिजाल रिसिङ गाउँपालिका पुगेर भवन उद्घाटन गरेका छन् ।

यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको भवन उद्घाटन गर्न गएका नेताहरुमाथि मण्डले शैलीमा आक्रमण गरी नेकपाले फाँसीवादी चरित्र देखाएको भन्दै भर्त्सना गरेका छन् ।

तस्वीर : खिला कार्कीको फेसबुक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ