रुपन्देही व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वार:प्रचण्ड

रुपन्देही व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वार:प्रचण्ड

  • बिहिबार, अशोज ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

भैरहवा, ९ असोज ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको जिकिर गरे ।

अध्यक्ष दाहालले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले चासो देखाइरहेको भन्दै उनीहरुलाई सहज हुने गरी वातावरण तयार गर्न सरकार लागिरहेको बताए ।दाहालले तिलोत्तमा नगरपालिकाले मुलुकलाई नै लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिएको भन्दै रुपन्देही व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वार रहेको उल्लेख गरे ।

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले एक दिने तिलोत्तमा लगानी सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात क्षेत्रमा लगानी भित्राउने गरी आधा दर्जन बढी परियोजनामा सम्झौतामासमेत गरिंदैछ ।

शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकाले सम्मेलन मार्फत लगानी भित्राउन लागेको नगरपालिकाले जनाएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी उद्योगी व्यवसायी गरी पाँच सय जनाको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ