उपत्यका इन्चार्ज नविनसहित गिरफ्तार आस्थाका बन्दीलाई तत्काल रिहा नगरिए शक्तिशाली प्रतिरोधमा उत्रिने नेकपाकाे चेतावनी

उपत्यका इन्चार्ज नविनसहित गिरफ्तार आस्थाका बन्दीलाई तत्काल रिहा नगरिए शक्तिशाली प्रतिरोधमा उत्रिने नेकपाकाे चेतावनी

  • मङ्लबार, अशोज ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

 

काठमाडौं, ७ असाेज । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई रिहा गर्न माग गरेकाे छ ।

पार्टी प्रवक्ता प्रकाण्डले मङ्गलबार साँझ विज्ञप्ति प्रकाशित गर्दै असोज ६ गते ललितपुरबाट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई गिरफ्तार गरेकोमा निन्दा तथा भत्सना समेत गरेका छन् ।

उनले हितमानसहित सम्पूर्ण आस्थाका बन्दीहरूलाई बिनासर्त रिहा नगरे शक्तिशाली प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘सामाजिक दलाल पुँजीवादको नाइके भ्रष्टाचारी, दलाल, कमिसनखोर, हत्यारो, सार्वजनिक जग्गा हड्पेर खाने तुच्छ, राष्ट्रद्रोही केपी–बादल सरकारले छ । पार्टी त्यसप्रकारको सरकारी ज्यादती र हिंसा भड्काउने हर्कतको निन्दा र भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘दलाल फासिवादी सरकार दमन र हत्या गरेर क्रान्तिकारी र देशभक्त शक्तिले आत्मसर्मण गर्लान् र लुटको राजनिष्कन्टक चलाइरहन पाइएला भन्ने भयानक भ्रममा छ । हाम्रो पार्टी कमरेड हितमानसहित सम्पूर्ण आस्थाका बन्दीहरूलाई बिनासर्त रिहा नगरे शक्तिशाली प्रतिरोध गर्नेछ र त्यसबाट उत्पन्न परिणामको जबाफदेही वली नेतृत्वको दलाल सरकार नै हुुनुपर्नेछ ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ