नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता

  • मङ्लबार, अशोज ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, ७ असोज ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग आदानप्रदान गर्नेबारे ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयलाई पनि महत्वका साथ राखिएको छ ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको हो । यसैबीच नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आफ्नो पार्टी कुनै खास देशतिर नढल्कने स्पष्ट पार्नुभएको छ ।

ट्विट गर्दै उहाँले कुनै देश वा प्रयोगको अन्ध नक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढिरहेको र त्यो सँधै रहने पनि बताउनुभयो । प्रवक्ता श्रेष्ठले देशको भूराजनीतिक अवस्था र संवेदनशीलताको बारेमा पनि आफूहरु जानकार रहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी