सत्तारुढ दलकै सांसदबीच मतभेद, अनुदान सम्झौता संसदको वर्षे अधिवेशनबाट पारित हुन सकेन

सत्तारुढ दलकै सांसदबीच मतभेद, अनुदान सम्झौता संसदको वर्षे अधिवेशनबाट पारित हुन सकेन

  • सोमवार, अशोज ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, असोज ६ । सत्तारुढ नेकपाका सांसदबीच मत बाझिँदा नेपाल र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सम्झौता संसदको वर्षे अधिवेशनबाट पारित हुन रोकिएको छ ।

एमसिसीका बारेमा सत्तारुढ दलकै सांसदमा मत विभाजन देखिएपछि तत्कालका लागि यो कार्यक्रम रोकिएको छ । जलविद्युत निर्यात गर्न अन्तरदेशीय प्रशारण लाइनका लागि भारतसँग पनि सहमति लिनुपर्ने भन्ने सम्झौताको प्रावधानले सत्तारुढ दलका सांसदमा विभाजन ल्याएको हो ।

बुटवल–गोरखपुर प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सहमति हुनुपर्ने सम्झौतामा उल्लेख छ । अमेरिकाको यस्तो सर्तलाई नेकपाका कतिपय सांसदले राष्ट्रिय हितविपरीत भएको बताएपछि उक्त विषय अघि बढ्न नसकेको हो । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ