४ असोज, काठमाडौं ।
प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सरकारको गरेका राम्रा कामहरुबारे बताउन र्पाी सांसदहरुलाई निर्देशन दिएका छन् । उनले दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउन निर्देशन दिएका हुन् ।
शनिबार बसेको संसदीय दलको बैठकमा उनले सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम छरेको पनि बताए ।
उनले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड दिएका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पार्टीको आन्तरिक एकतामा जोड दिएको सांसद अमनलाल मोदीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline