सर्वोच्चकाे आदेशमा रिहा भएका ने.क.पा. कास्की सेक्रेटरी भण्डारीसहित तीन जना अदालतकाे गेटबाटै पुनः गिरफ्तार(तस्बिरसहित)

सर्वोच्चकाे आदेशमा रिहा भएका ने.क.पा. कास्की सेक्रेटरी भण्डारीसहित तीन जना अदालतकाे गेटबाटै पुनः गिरफ्तार(तस्बिरसहित)

  • बिहिबार, अशोज २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडाैं, २ असाेज ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ सहित ३ नेतालाई प्रहरीले सर्वोच्चको गेटबाट गिरफ्तार गरेको छ ।  सर्वाेच्च अदालतकाे आदेशमा रिहा भएका भण्डारी सहित अखिल (क्रान्तिकारी)को गण्डक ब्यूरो समेत रहेका केन्द्रीय सदस्य मिलन राई र अखिल (क्रान्तिकारी)कै कास्की अध्यक्ष काजी गुरुङलाइ प्रहरीले पुनः पक्राउ गरेका हाे ।

दुई हप्ता अघिदेखि गोरखा जिल्ला प्रहरीको हिरासतमा राखिएको अवस्थाबीच तीनै जनालाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तान र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । तर आदेशमा रिहा भएलगत्तै गेटबाहिर सशस्त्र रुपमा तैनाथ प्रहरीको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । टेकु लगिएको बुझिएको छ ।

तीनै जनाको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट उब्जन पुनले भदौ २२ मा दर्ता गरेका थिए ।अाज भएकाे बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पाेख्रेल लगायतले बहस गरेका थिए। गत बैशाख २६ मा कास्कीको उरी गाउँपालिका वडा नम्बर ११ बाट बैठक बसिरहेको अवस्थामा प्रहरीले घेरा हाली उनीहरुलगायत २२ जनालाई गिरफ्तार गरेको थियो । अदालतको आदेशमा अन्य रिहा भएपनि राई, भण्डारी र गुरुङलाई भने विभिन्न आरोपमा आधा दर्जन जिल्ला घुमाइसकेका छन् ।

कास्की, तनहुँ, स्याङजा, गोरखालगायत जिल्ला पुर्याएर मुद्दा चलाइसकेका छन् । अधिकांश मुद्दामा उनीहरु निर्दोष ठहर भएका छन् । योपटक गोरखा पुर्याएर संगठित अपराध र आगजनीको अभियोग लगाइएको थियो । तर सर्वोच्च अदालतले उनीहरुमाथिको अभियोग पुष्टि हुने आधार र प्रमाण नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ