मुलुकको विकासभन्दा उपलब्धिलाई भत्काउन खोज्ने प्रयास भयाेः प्रधानमन्त्री

मुलुकको विकासभन्दा उपलब्धिलाई भत्काउन खोज्ने प्रयास भयाेः प्रधानमन्त्री

  • बुधबार, अशोज १, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्वार्थी तत्वले मुलुकको विकासभन्दा उपलब्धिलाई भत्काउन खोज्ने प्रयास गरिरहेको भएपनि आफूहरु त्यसमा नअलमलिने बताएका छन् ।

सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह पनि गरे ।

उनले विज्ञानको क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

‘हाम्रो परम्परा अन्धविश्वासी होइन, वैज्ञानिक र प्रयोगात्मक हो । यस परम्परालाई आधुनिक प्रविधिसँग जोडेर उन्नत समाज विकासमा लाग्नुपर्छ’–प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा कक्षा–१२ मा विज्ञान विषयमा उत्कृट अंक ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक/एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ