जनताको ‘म्यान्डेट’ दलहरुले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्याेः महरा

जनताको ‘म्यान्डेट’ दलहरुले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्याेः महरा

  • मङ्लबार, भदौ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

कपिलवस्तु, भदौ ३१ ।

सभामुख कृष्णबहादुर महराले जनताले दिएको ‘म्यान्डेट’लाई राजनीतिक दलहरुले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्न पुगेको बताएका छन् । नेपालका सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताए ।

मंगलबार कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औं स्थापना दिवस एवं सालिक अनावरण कार्यक्रममा सभामुख महराले जनतामा देखिएका निराशालाइ उचित सम्बोधनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा जोड दिए । उनले संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई सोहीअनुरुप हल गर्नुपर्ने बताए ।

संविधानमा तीन तहको अधिकारका विषयलाई नीतिगतरुपमा सम्बोधन गरिएपनि अझै ठोसरुपमा आउन बाँकी रहेकाले विधेयकलाई गम्भीरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।  भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्यायले मानवीय विकास सूचकांकमा कपिलवस्तु पछि परिरहेको अवस्थामा यसको निराकरणका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ