शान्ति सेनामा खटिने सैनिकको भत्ता बढ्याे

शान्ति सेनामा खटिने सैनिकको भत्ता बढ्याे

  • मङ्लबार, भदौ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ३१ भदाै । नेपाली सेनाकाे सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर १११४ पाउनेछन्।

गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको भत्ता अमेरिकी डलर २१ बढाइएको छ। महिनामा १३७८ अमेरिकी डलर भत्ता पाउने प्रमुख सेनानीले अब १३९९ डलर पाउनेछन्। बढेको भत्तादर १ अक्टोबर देखि लागू हुने छ।

‘सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही अध्ययन कार्यदल गठन गरि सकलदर्जाबाट प्राप्त राय सुझावका आधारमा भत्ता वृद्धि गरिएको हो’, सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘यसले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्ने भए पनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको हो।’

राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा अहिले पाँच हजार भन्दा बढी नेपाली सैनिक कार्यरत छन्। ४३ मिसनमा गरी हालसम्म एक लाख २७ हजार ३९० सैनिक शान्ति स्थापनामा सहभागी भएका छन्। अहिले नेपाली सेना १२ देशमा शान्ति मिसनमा खटिएका छन्।

सन् १९५८ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ