काग्रेसद्वारा प्रतिनिधिसभा बैठक अबरूद्व

काग्रेसद्वारा प्रतिनिधिसभा बैठक अबरूद्व

  • सोमवार, भदौ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडाैं, ३० भदाै ।प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक स्थगीत भएको छ । बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षमाथि मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेपछि कांग्रेस सांसद प्रतिवादमा उत्रिएका हुन् ।

बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले खजुरामा यही भदौ २६ गते भएको घटनामा संलग्नमाथि कारबाहीका लागि दिएको जाहेरी दर्ता भएकाले सदन सुचारु गर्न तयार रहेको बताएकी थिइन् ।

तर, सचेतक भुसाल बोलेलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नन्दलाल रोकायाले घटनालाई लिएर कसैमाथि कारबाही भए त्यो सह्य नहुने चेतावनी दिए ।  रोकायाको सो चेतावनीसँगै कांग्रेस सांसदहरु आक्रोशित हुँदै ‘बेल’ घेराउ गर्न उत्रिए ।बाँके घटनालाई लिएर खजुरा गाउँपालिका-१ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद संचालन गर्न सहमत भएको थियो । कांग्रेसले दोषीलाई कारवाहीको  माग गरिरहेकाे अवस्थामा सहमति विपरीत सत्तापक्षकै सांसदले आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भाँडिएकाे हाे ।

प्रतिपक्ष दलका सांसदहरुले लगातार आधा घन्टा नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक स्थगित गरे । बाँकेको घटनालाई लिएर कांग्रेसले आइतबार बसेको प्रतिनिधिसभाका दुईओटा बैठक पनि अवरुद्ध गरेको थियो । भदौ २६ गते कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत् बाँकेको खजुरामा भएको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेपछि कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालासहित केही घाइते भएका थिए । घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ