नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटेन, कस्काे के अडान ?

नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटेन, कस्काे के अडान ?

  • शनिबार, भदौ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, भदौ २८ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समिति बैठक आइतबार पुनः बस्ने गरी स्थगित भएको छ । नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउन शनिबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरूकाे अा अाफ्नै अडानका कारण बैठक स्थगित भएकाे हाे ।

वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दलगत अडान राखेपछि विधेयकमा सहमति जुट्न सकेन । समितिमा वैवाहिक अंगीकृत नागरिकताका विषयमा सहमति जुट्ने अवस्था नदेखिएपछि सत्तारुढ र प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच छलफल गरी यो विषयमा आइतबारसम्म सहमति जुटाउने निष्कर्षसहित बैठक स्थगित भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेससहित राजपा र समाजवादी पार्टीका सांसदहरुले फरक मत राखेपछि सत्तापक्षका सांसदहरुले फरक मतमा छलफल हुन नसक्ने अडान लिएका थिए । सत्तापक्ष सांसदको अडानपछि कांग्रेसका सांसदले समितिका सभापति शशी श्रेष्ठलाई बुझाएको फरक मत फिर्ता लिइ फरक प्रस्तावकारुपमा पुनः पेस गरेका थिए ।

विवाह गरी ल्याइएकी विदेशी महिलालाई नागरिकता दिने विषयमा समितिमा मूल विवाद छ । वैवाहिक अंगीकृत नागरिकतामा नेपाली पुरुषसँग विवाह भएर आएका विदेशी महिलालाई सात वर्षमा नागरिकता दिने कि नदिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।

कांग्रेसले २०६३ कै कानुनअनुसार विवाह गरेर आएको भोलिपल्टबाटै नागरिकता दिनुपर्ने मत राखेको छ । सत्तारुढ नेकपाका अधिकांश सांसदले विवाह गरेको सात वर्षपछि नागरिकता दिने र त्यसबीचमा वैवाहिक परिचयपत्र दिनुपर्ने मत राखेका छन् ।

समितिमा चलिरहेको नागरिकतासम्बन्धी छलफलका आधारमा बनेको पछिल्लो प्रतिवेदनले वैवाहिक अंगीकृत नागरिकताका लागि महिला र पुरुषलाई छुट्टा–छुट्टै कानुनी व्यवस्था गरेको छ । उक्त प्रतिवेदनमा नेपाली पुरुष नागरिकसँग विवाह गरी आएका महिलाले नेपालको नागरिकता लिन चाहेमा सात वर्ष बसेपछि अंगीकृत नागरिकता दिने र नेपाली महिलासँग विवाह गरी आएका पुरुषले भने १५ वर्षमा नागरिकता पाउने प्रस्ताव गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ