पत्रकारितालाई स्वच्छ,मर्यादित र अनुशासित बनाउनु पर्छः महरा

पत्रकारितालाई स्वच्छ,मर्यादित र अनुशासित बनाउनु पर्छः महरा

  • बिहिबार, भदौ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, २६ भदाै । सभामुख कृष्णबहादुर महराले पत्रकारितालाई स्वच्छ,मर्यादित र अनुशासित बनाउन महिला पत्रकारले विशेष पहल गर्ने बेला भएकाे बताएका छन् ।

आज संचारिका समुहको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उहांले घरलाई स्वच्छ र अनुशासित बनाउन महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै परिवर्तनको रक्षा र पत्रकारिताको गरिमालाई बचाउन पनि एक पटक महिला पत्रकारले विशेष पहल गर्ने बेला आएको बताए ।

समाज रुपान्तरण आवश्यक रहेको भन्दै सभामुख महराले त्यसका लागि नेतृत्वदायी अभियान चलाउन पनि आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले, महासंघका उपाध्यक्ष विपुल पोखरेल लगायतले सरकार पत्रकारिताको स्वतन्त्र सिमा भन्दा बाहिर जान लागेकोले निरन्तर खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा सञ्चारिका समुहका पूर्व अध्यक्षहरुलाई सम्मान गरिनुका साथै क्रियाशील चार पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ