प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच बालुवाटारमा ‘वान टु वान वार्ता’, नेपाल–चीनबीच तीनबुँदे सम्झौता

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच बालुवाटारमा ‘वान टु वान वार्ता’, नेपाल–चीनबीच तीनबुँदे सम्झौता

  • सोमवार, भदौ २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौं, भदौ २३ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच ‘वान टु वान’ वार्ता भएको हो । यसअघि उनी पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एण्ड यती होटलमा भेटवार्ता गरेका थिए ।

साेहि क्रममा नेपाल र चीनबीच सोमबार काठमाडौंमा तीनबुँदे सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सम्मिलित दुईपक्षीय वार्तापछि दुई देशबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङको उपस्थितिमा भएका सम्झौतामा मनाङमा अस्पताल निर्माणका लागि चीनले ३५ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षकहरु पनि पठाउनेछ ।

यस्तै, प्राकृतिक विपत्तिका लागि आवश्यक पर्ने पाँच हजारथान त्रिपाल पनि चीनले दिने सम्झौता पनि दुई देशबीच भएको छ ।

दुईओटा सम्झौताहरुमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चाइना डेभलपमेन्ट कोअपरेसनका उपाध्यक्ष तङ पोछिङले हस्ताक्षर गरेका छन् ।

यस्तै, अर्को एक सम्झौतामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ