चिनियाँ विदेशमन्‍त्री वाङ साेमवार राजनीतिक भेटवार्ता गर्दै, यस्ताे छ भाेली सम्मकाे कार्यतालिका

चिनियाँ विदेशमन्‍त्री वाङ साेमवार राजनीतिक भेटवार्ता गर्दै, यस्ताे छ भाेली सम्मकाे कार्यतालिका

  • सोमवार, भदौ २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडाैं, २३ भदाै ।

नेपाल भ्रमणामा रहेका चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी सोमबार बिहान चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा सरिक हुँदैछन् । त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाट गर्ने कार्यतालिका छ।

सोमबार साढे तीनदेखि पउने पाँचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ताको तयारी छ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुनेछ। सामान्य सहयोग सम्बन्धी सम्झौता रहेको बताइएको छ। बैठक सकिए लगत्तै वाङ केपी ओली भेट्न बालुवाटार पुग्नेछन्। त्यो भेटको लागि एक घण्टा समय छुट्याइएको छ। उनले त्यहा प्रधानमन्त्रीसँग एक्ला एक्लै पनि भेट्ने कार्यक्रम छ।

प्रधानमन्त्रीसँगको भेट सकिएपछि राष्ट्रपपिलाई भेट्न शीतल निवास पुग्नेछन। त्यहाँ पनि उनलाई ३० मिनेटको समय दिइएको छ। राष्ट्रपति भेटपछि उनी नेपाल समकक्षी प्रदीप ज्ञवालीले दिने रात्री भोज (बैक्युट) मा सहभागी हुनेछन्। रात्री भोजको कार्यक्रम याक एण्ड यति होटलमा तय भएको छ। उनले त्यहाँ एक घण्टा भन्दा बढी समय बिताउने र त्यसपछि सिधै द्वारिक आएर आराम गर्ने कार्यक्रम छ।

यस्तै, मंगलवार राजनीतिक भेटघाटको कार्यक्रम नक्सालको मेरियट होटलमा गर्ने तय भएको छ। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमा छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ। दुवै नेतालाई आधा आधा घण्टा भेट्ने बताइएको छ। उनीहरुलाई भेटेपछि वाङ द्वारिका होटल फर्कने छन्। द्वारिकामा लन्च गरेर उनी बेइजिङको लागि एअरपोर्ट पुग्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेतासँग उनले परराष्ट्रमन्त्रीले दिएको रात्री भोजमा नै सामूहिक रुपमा भेट गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ