कांग्रेसको दोस्रो जागरण अभियान घोषणा, प्रत्येक प्रदेशमा १०६ बिरुवा रोपेर शुभारम्भ गर्ने

कांग्रेसको दोस्रो जागरण अभियान घोषणा, प्रत्येक प्रदेशमा १०६ बिरुवा रोपेर शुभारम्भ गर्ने

  • बिहिबार, भदौ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, भदौ १९ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसलेसंगठन शुद्धीकरण र सरकारको जनहितविपरीतका कार्यबारे आमजनतालाई जानकारी गराउने उद्देश्यका साथ दोस्रो चरणको जागरण अभियान घोषणा गरेको छ ।

३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाएर संगठनलाई बलियो बनाउने पनि उसले जनाएको छ । लामो समयदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई एकढिक्का बनाएको भन्दै कांग्रेसले अब जनताको मन जित्ने अभियानका साथ ३३० प्रदेश निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

यही भदौ २४ गते प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०६ बिरुवा रोपेर अभियान शुभारम्भ गर्ने तय गरेको कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा ३०० युवाहरुसँग संवाद गर्ने लक्ष्य निर्धारण गरेको छ । हिमाल, पहाड, तराई(मधेस जागरण अभियानकाक्रममा कांग्रेसले यसपटक सामाजिक संवादलाई विशेष जोड दिने भएको छ ।

पार्टीका कार्यक्रम छोटो र छरितो गरिने कार्यतालिका बनाइएको छ । पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको पूर्वप्रतिबद्धतामा सरकारलाई इमान्दार बन्न सम्झाउने बताए ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस अब सम्पूर्णरुपमा एक भएर संगठन निर्माण र सरकारको गलत क्रियाकलापको भन्डाफोरमा लागेको बताउनु भयो । कांग्रेसले संविधान संशोधनको मुद्दालाई फेरि पनि उठाउने भएको छ । भदौ २४ गते सुरु हुने अभियान आउँदो असोज ७ गते ७७ जिल्लामा जिल्लास्तरीय सभा गरेर सकिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ