प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा भो: प्रचण्ड

प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा भो: प्रचण्ड

  • बिहिबार, भदौ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, भदौ १९ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा देखिन थालेको बताएका छन् । समता फाउण्डेशनले आज काठमाडौंमा आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै उनले बिभिन्न तहका सत्ता सन्चालन गरिरहेका जनप्रतिनिधिहरुले ‘एक्सन’मा नगए प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा भएको बताए ।

प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण बढिरहेको भन्दै केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताए । उनले हालै प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकबाट सबै पार्टी प्रगिगमनकारीविरुद्ध एकजुट रहेको सन्देश दिइएको समेत दावी गरे ।

जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकार सम्पन्न बनाउन नसकेको प्रचण्डले स्वीकार गरे । संविधानमै संशोधन गरेर दलित समुदायका अधिकार स्थापित गर्न सकिने पनि उनले बताए ।

यस्तै सोही कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ