प्रतिनिधिसभाको बैठकः अमेरिकी फौजी किराबारे अनुसन्धान गर्नेदेखि गौहत्याका दोषिमाथि कार्वाहिको माग

प्रतिनिधिसभाको बैठकः अमेरिकी फौजी किराबारे अनुसन्धान गर्नेदेखि गौहत्याका दोषिमाथि कार्वाहिको माग

  • बुधबार, भदौ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, भदौ १८ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयीक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नस्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा उहाले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्यबाली नस्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त किराकाबारेमा तत्काल खोज, अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

संघीय समाजवादी फोरम नेपालका सांसद उमाशंकर अरगरियाले धनुषा जिल्लामा कमला नदी नियन्त्रण गरी सिँचाइको विकास गर्न उपभोक्ता समितिले करोडौं खर्च गरे पनि अझै जनतामा पानीको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाले सो क्षेत्रमा सिँचाइको अभाव भएर धेरै जमिन सुक्खा भएकाले बाँझै रहेको समेत बताउनु भयो । नेकपा सांसद खेमप्रसाद लोहनीले आगामी दिनमा बनाउने सडक भू–क्षय वा बाढी पहिरोले नभत्काउने खालको बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले वर्षात्को समय विस्तारै सकिँदै जान लागेको हुँदा बेलैमा सजगता अपनाएर सडक बनाउन आग्रह गर्नुभयो । नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा निर्माण गर्दा सरकारले तत्काल अस्थायी व्यवस्था गरेर निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा सांसद कृष्णप्रसाद दाहालले नेपालमा गाईलाई भीरमा खसाएर मारिएका विषयमा अध्ययन गरी सम्बन्धित दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

नेकपा सांसद कृष्णबहादुर राईले वाग्मती सभ्यता एकीकृत समितिले वाग्मतीलाई सोझ्याउनेक्रममा त्यहाँका बासिन्दा घरबारविहीन भएर आन्दोलनमा उत्रिरहेको हुँदा सरकारले त्यस विषयमा सम्बोधन गर्न आग्रह गर्नुभयो ।

नेकपा सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्लामा महाकाली नगरपालिकाले सडक विस्तार गर्दा २० परिवार पहिरोमा परी विस्थापित भएको हुँदा पीडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।

नेकपा सांसद घनश्याम खतिवडाले सहकारी क्षेत्रमा सुशासन कमजोर हुँदै गएको हुँदा वित्तीय अनुशासन पनि कमजोर हुँदै गएकाले सहकारी संस्थालाई सुशासनमा ल्याउन र गरिबी न्यूनीकरणका लागि विशेष पहल गर्न आग्रह गर्नुभएको छ ।

नेकपा सांसद जुलीकुमारी महतोले तराई–मधेसमा जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकताबाट वञ्चित भएको हुँदा हजारौं नेपाली नागरिकताविहीन भएको हुँदा समाधानको उपाय खोज्न माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ