काठमाडौं, भदौ १८ ।
सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आज पूरा हुँदैछ ।
शरीरमा एण्टीबडीको मात्रा बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर जानु भएको थियो । उहाँको आज सातौं पटक प्लाज्मा फेरेसीस गरिँदैछ ।
यसपछि भोलि चिकित्सकहरुले रिपोर्ट हेरेपछि उनीहरुकै सल्लाहनुसार प्रधानमन्त्री ओलीको स्वदेश फर्कने मिति तय गरिनेछ । ओली चाँडोमा शुक्रबार नैं काठमाडौं फर्कने संभावना रहेको उनी निकट स्रोतले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline