१७ भदौ, काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार २० अंकले सुधार देखिएको छ । आइतबार र सोमबार दोहोरोे अंकले गिरावट आएको सेयर बजारमा मंगलबार २०.५७ अंकले सुधार आएको हो ।
मंगलबार नेप्से परिसूचक २०.५७ अंकले बढेर १ हजार १ सय ९० दशमलव ९० अंकमा पुगेको छ ।
पछिल्ला केही दिनहरुको तुलनामा कारोबार रकमसमेत बढेको छ । दिनभर भएका ७ हजार ८ सय १७ कारोबारबाट १७१ कम्पनीका २१ लाख ८४ हजार २ सय ७१ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
यस्तै आज सबैभन्दा धेरै कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । यो बैंकको संस्थापक सेयर सबैभन्दा धेरै किनबेच भएको हो । मंगलबार यो बैंकको ५ करोड ७२ लाख ३० हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।
सोमबारसम्म १२० रुपैयाँ प्रतिकित्ता रहेको नेपाल बंगलादेश बैंकको संस्थापक सेयर मूल्य २ रुपैयाँले घटेर ११८ रुपैयाँमा बन्द भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो नम्बरमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकको ३ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ भने चौथो नम्बरमा एनआईसी एशिया बेंक र पाँचौमा सानिमा बैंक देखिएको छ ।
यी बैंकहरुको क्रमशः २ करोड २० लाख, २ करोड १९ लाख र १ करोड ६२ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।