काठमाडौं, १७ भदौ ।
ऐनसेल कर प्रकरणमा सर्वाेच्चले गरेको निर्णप्रति आक्रामक बनेको नेपाल कम्युनिष्ट पार्टीले आज न्यायधिसहरुको पुत्ला दहन गरेको छ । कर असुलीबारे सर्वोच्चका न्यायधिसहरुले ऐनसेलले कर तिर्न नपर्ने गरि फैसला गरेपछि चरनवद्ध आन्दोलनमा उत्रिएको नेकपाले आज फैसला उल्टाउने न्यायधिसहरुको देशैभरी पुत्ला दहन गरेको हो ।
सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै आज नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले कालिका नगरपालिकाको क्लवचोकमा सो फैसला उल्ट्याउने न्यायधिसहरुको पुत्ला दहन गरेको हो ।
नेकपाले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको र त्यही कारण पार्टीले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको बताएको छ । अदालतको यस्तो निर्णयपछि नेकपाले एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुगेको जनाएको छ ।
नेकपाले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपिल गर्दै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न आग्रहसमेत गरेको छ ।