अझै १८ स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुग्न बाकीँ

अझै १८ स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुग्न बाकीँ

  • मङ्लबार, भदौ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१७ भदौं, काठमाडौं ।   नेपाल सरकारको योजना अनुरुप गत आर्थिक वर्ष अगावै सबै स्थानीय तहहरुमा वाणिज्य बैंक खोल्ने योजना भए पनि अझै १८ स्थानीय तहहरुमा शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७६ असारसम्म ७३५ तहमामत्रै वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।

बाँकी १८ स्थानीय तहहरुमा भने वाणिज्य बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकले बताएको छ । भौगोलिक विकटाका कारण ती स्थानीय तहहरुमा तत्कालै शाखा खोल्न समस्या रहेको राष्ट्र बैंकको दावी छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्या भने बढेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७६ असार मसान्तमा १७१ पुगेको छ ।

यस अनुसार २०७६ असार मसान्तमा २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७६ असार मसान्तमा ८६८६ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी