नेकपाले आज  एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन गर्ने

नेकपाले आज  एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन गर्ने

  • मङ्लबार, भदौ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडाैँ,१७ भदाै । एनसेल कर असुलीबारे सर्वोच्च अदालतका न्यायधिसहरुले गरेको निर्णय विरुद्ध आन्दोलित बनेकाे नेपाल कम्युनिस्ट पार्टीले फैसला उत्याउने न्यायधिसहरुको पुत्ला दहन गर्ने जनाएकाे छ ।

नेकपाले सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै आज भदौ १७ गते सो फैसला उत्याउने न्यायधिसहरुको पुत्ला दहन गर्ने बताएको छ ।

नेकपाले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारण उसले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ ।

अदालतको यो निर्णयपछि नेकपा एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुगेको बताइएको छ । नेकपाले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपिल गर्दै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न आग्रह समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ