नेकपाका पाँच नेता रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार, चैनपुरबाट कहाँ लगिदैछ ?

नेकपाका पाँच नेता रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार, चैनपुरबाट कहाँ लगिदैछ ?

  • सोमवार, भदौ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

संखुवासभा ,१६ भदौ ।
नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेता अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ ।
जिल्ला अदालत संखुवासभाले सोमवार रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले उनीहरुलाई पुन गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा नेताहरू घनस्याम श्रेठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्का रहेका छन् ।
गत भदौ ९ गते सुनसरीबाट गिफ्तार गरी संखुवासभा पुर्याईएका उनीहरुलाई आज भएको बहस पछि जिल्ला अदालतले धरौटिमा रिहा गर्न आदेश दिएको थियो । बन्दीका तर्फबाट अधिवक्ता भवानी आचार्यले बहस गरेका थिए ।
बहसपछि अदालतले पुस्करलाई ३० हाजार र अन्य ४ जनालाई १५ हजार धरौटिमा रिहा गर्न आदेश दिएके थियो । तर प्रहरीले अदालत परिसरबाटै उनीहरुलाई पुन गिरफ्तार गरेको छ ।
गिरफ्तार परेका मध्ये पुस्कर र प्रज्वललाई मोरङ, छिरिङ र रमेशलाई सुनसरी लैलाने तयारी गरिएको बुझिएको छ । पुस्कर, प्रज्वल, माधव र रमेश गत बैशाख १७ गते सुनसरी जिल्ला अदालतकोले धरौटीमा रिहा गर्न आदेश दिएपछि धरौटी बुझाउन अस्ीकार गर्दै सुनसरीको झुम्का कारागार चलन भएका थिए । तर भदौ ९ गते उनीहरुले धरौटी बुझाएपछि पुनः अदालत परिसर भित्रवाटै पक्राउ गरि संखुवासभा लगिएको थियो । उनीहरुलाई चैनपुरमा राखिएको प्रहरीले बताएको थियो ।
पुस्कर र माधव गत चैत १० गते तथा प्रज्वल चैत १३ गते मोरङबाट र रमेशलाई चैत १२ गते सुनसरीबाट प्रहरीले रिफ्तार गरेको थियो । भने छिरिङलाई संखुवासभाबाटै गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ