पाँच नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू

पाँच नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू

  • सोमवार, भदौ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बुटवल, १६ भदाै । पाँच नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृति सहितका विभिन्न आठ निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामति सेवाको गठन, संचालन व्यवस्था गर्न बन्ने विद्येयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

प्रदेश सरकारको निर्णयबाट प्रदेशका जिल्ला अस्पतालहरुमा विकास समिति गठन हुनेछ। यो निर्णय प्रदेश ५ का १२ जिल्लामध्ये पाल्पामा सदरमुकाम तानसेन र रामपुरमा गरी दुई वटा र बाँके तथा दाङबाहेकका सबै जिल्लामा रहेका जिल्लास्तरीय अस्पतालमा लागू हुनेछ।

प्रदेशका मुख्यन्यायाधिवक्ताको पारिश्रमिक वृद्धि गर्ने र प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक तथा सेवा सुविधाका विषयमा पनि निर्णय गरेकेा छ । प्यूठानको गौमुखी गाउँपालिकाको केन्द्र वडा नं ५ ठूलावेशीबाट परिवर्तन गरी वडा नं ४ को पूजा लिवासेंमा राख्ने सिफारिस केन्द्र सरकारमा पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। त्यसैगरी प्रदेश पदक सिफारिस समितिमा बुटवलका नेत्र पन्थी, दाङका मेनका पोखरेल र पट्टु थारुलाई राख्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए।

७ सदस्यीय सो समितिमा ४ जना पदेन रहने प्रावधान रहेको छ। प्रदेश स्थापना दिवस फागुन ३ गते पदक वितरण गर्ने सरकारको योजना रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ