सिंगापुरमा रहेेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने

सिंगापुरमा रहेेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने

  • आइतवार, भदौ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, भदौ १५ । सिंगापुरमा रहेेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सोमबार (भोलि) छैठौं र बुधबार सातौं चरणको ‘प्लाजा फेरेसिस’ प्रक्रिया सम्पन्न भएपछि उपचार पूरा हुनेछ ।

उपचारका क्रममा ‘प्लाजा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीसँगै रहेका उनका नीजि चिकित्सक डा.दीलिप शर्मालाई उद्धृत गर्दै अर्यालले जनाएअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ ।

आइतबार उनले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।’

यसअघि शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले पनि आगामी बुधबार अन्तिम चरणको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ