पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध

पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध

  • शनिबार, भदौ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

रसुवा, १४ भदाै । शुक्रवार राति परेको अविरल वर्षाका कारण पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध भएको छ ।रसुवागढी सडकखण्ड अन्तर्गत टिमुरे तथा तातोपानी क्षेत्रमा माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरूद्व भएपछि कैलाश मानसरोवरबाट फर्केका तथा तिब्बतको मानसरोवर जाने तीर्थ यात्री र रसुवा भंन्सारबाट काठमाडौंतर्फ जान लागेका कन्टेनरहरु रोकिएका छन् । पानी पर्न नरोकिएकाले सडकको अवरोध हटाउन नसकिएको रसुवागढी हाईड्रोपावरले जनाएको छ ।

सडकको अवरोध हटाउने कार्य पानी रोकिएपछि गरिने भएकाले जोखिम क्षेत्रमा माथिबाट ढुङ्गा झरिरहेको हुँदा सचेत हुन जिल्ला प्रशासन कार्यालयले सबैमा अपिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ