क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिष्कार गर्नेे, सरकारमा बसेका पार्टीले कम्युनिष्टको बदनाम गरेः वैद्य

क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिष्कार गर्नेे, सरकारमा बसेका पार्टीले कम्युनिष्टको बदनाम गरेः वैद्य

  • शुक्रबार, भदौ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

बुटवल, भदौ १३ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गर्नुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताउनु भएको हो ।

आवश्यकता अनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिस्कार नै उपर्युक्त हुने उहाको भनाइ थियो ।

उहाले सरकारमा बसेका पार्टीहरुले कम्युनिष्टको बदनाम गरिरहेको आरोप पनि लगाउनु भएको छ । जनतामा भ्रम छर्ने काम भएको भन्दै उहाले यो कम्युनिष्टको सरकार नभएको पनि बताउनु भयो ।

सरकार जताजता हावा चल्छ, त्यतै बग्ने गरेको आरोप लगाउँदै उहाले जनताको समस्याहरुको समाधान गर्न यो सरकारले नसक्ने दावी समेत गर्नुभएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दमन गर्ने सरकारको नीति गलत भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ