काठमाडौं, भदौ १३ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले शिर्ष नेतृत्वको आलोचना गरेका छन् । सरकारले राज्यका सबै अंगमा पार्टीकरण गर्दा पनि मुकदर्शक बनेको भन्दै सदस्यले नेतृत्वको आलोचना गरेका हुन् ।
जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार संस्थागत रुपमै भ्रष्टाचारमा लागेको, राज्यका अंगहरुमा पार्टीकरण गर्दा समेत शीर्ष नेतृत्वले सरकारविरुद्ध खबरदारी गर्न नसकेको गुनासो गरे।
केन्द्रीय सदस्यहरुले सरकारविरुद्धमा जनता आफैं सडकमा उत्रँदा समेत पार्टी नेतृत्वले सत्तालाई दबाब दिने कार्यक्रम अघि सार्न नसकेको भन्दै आलोचना गरेका छन् ।
केन्द्रीय सदस्यहरुले सेयर कारोबार नसुध्रँदा धेरै सर्वसाधरण मर्कामा परेको, आर्थिकरुपमा मुलुक जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक विषयसहित समासामयिक राजनीतिका सन्दर्भमा पार्टीले जनतालाई जानकारी दिनुपर्ने बताए ।