सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

  • आइतवार, भदौ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ८ भदौ ।

सांसदहरूले प्रदेश २ लाई बाढी डुबानग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामप्रित पासवानले तराईमधेशका बाढी तथा डुबान पीडितलाई दिएको भनिएको राहत वास्तविक पीडितले नपाएको गुनासो गर्दै प्रदेश २ लाई बाढी डुबानग्रस्त क्षेत्र घोषणा गर्न माग गरे ।

सांसद बलराम बाँस्कोटाले पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीमाथि गरेको भनिएको दूर्व्यवहारबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद युटल तामाङले मुगु जिल्लामा हालै आएको बाढीले जलविद्युत्त आयोजना बगाउँदा विद्युत्त आपूर्ति बन्द भएको भन्दै तत्काल मर्मत गरेर अन्धकार हटाउन माग गरे ।

सांसद रामलखन चमारले नवलपरासीलगायत तराईमधेशका उखु मिलले किसानलाई भुक्तानी नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले किसानहरुले मल नपाएकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।

यसैबीच, आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सेफगार्डस् एण्टी डम्पिङ तथा काउन्टरिङ विधेयक,२०७५’ टेबुल गरेका छन् ।

यस्तै, सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रशासकीय अदालत विधेयक –२०७६’ लाई प्रतिनिधिसभाबाट सम्बन्धित समितिको प्रतिवेदनमा उल्लेखित संशोधनसहित पारित भएको सन्देश बैठकमा जानकारी गराएका छन् ।

यस्तै, बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रहरी समायोजन विधेयक–२०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक–२०७६ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ