काठमाडौं, ४ भदाै ।काठमाडाैंमा बुधवारबाट सुरू भएकाे नेपाल-भारत संयुक्त आयोगको बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलस्रोत, संस्कृति, शिक्षा र दुई देशका आपसी हितका विषयमा समीक्षा हुनेछ। बिहीबारसम्म चल्ने संयुक्त आयोगको बैठक बुधबार हाेटल याक एन्ड यतिमा सुरु भएकाे हाे।
आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उनका भारतीय समकक्षी सुब्रमन्यम् जयशंकरसहित दुबै देशका उच्च अधिकारीहरु सहभागी छन्। बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ।
संयुक्त आयोग बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलस्रोत, संस्कृति, शिक्षा र दुई देशका आपसी हितका विषयमा समीक्षा हुनेछ। सन् १९८७ जुनमा गठन गरिएकाे नेपाल-भारत संयुक्त आयोगको याे सातौं बैठक हाे। संयुक्त आयोगको यसअघिकाे बैठक सन् २०१६मा नयाँ दिल्लीमा भएकाे थियो।