बागलुङ, ३२ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कतिपय जनप्रतिनिधिलाई डोजर मालिक र ठेकेदार बन्ने मोह देखिएको बताएक्जा छन् । उनले प्रतिनिधिलाई जनताको सेवक वा ठेकेदार के बन्ने रोज्न पनि सुझाव दिए ।
बागलुङ जिल्लाका ८५ वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको सहभागिता रहेको जिल्ला स्तरीय भेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री पण्डितले भाे, ‘अहिले तपाईहरु मत जितेर जनप्रतिनिधि बन्नु भएको छ, विश्वासको मत हलचल भइरहन्छ। यो नै तपाईंको अन्तिम अवसर नहोेस्। अहिले अख्तियारको हिरासत कर्मचारी, इञ्जिनियरले भरिन थालेको छ, जनप्रतिनिधिको पनि यस्तो दुखदायी दिन हेर्नु नपरोस्।’
उनले सिहंदरबार गाउँगाउँमै आइसकेको समेत जिकिर गरे। आन्तरिक श्रोतको पहिचान र व्यवस्थापन गरेर विकास र समृद्धिमा स्वास्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको मन्त्री पण्डितको भनाइ छ।
जिल्ला स्तरीय भेलाले वडाध्यक्ष, सदस्य सम्मिलित वडा सघंको गठन गर्नेछ। सघंले संघीयताको अवधारणलाई स्थानीय तहमा संस्थागत गर्न सहजीकरण, स्थानीय, प्रदेश र केन्द्रीय तहसँग वडाका समस्याका विषयमा समन्वय, वडा समितिबीच अनुभव आदान प्रदान लगायतका काम गर्ने बागलुङ नगरपालिका ९ का अध्यक्ष गणेश थापाले जानकारी दिए।