नेकपाका प्रमुख सचेतक ढकालको  घरमा पेट्रोल बम प्रहार

नेकपाका प्रमुख सचेतक ढकालको  घरमा पेट्रोल बम प्रहार

  • शुक्रबार, साउन ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

बुटवल, साउन ३१ । प्रदेश नं. ५ प्रदेशसभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको  घरमा गएराति पेट्रोल बम प्रहार भएको छ ।

बुटवलस्थित ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार हुँदा एउटा गाडीमा क्षति पुगेको बताइएको छ । सैनामैना–८ रामापुर कलौनीमा रहेको घरमा ढकालकी श्रीमती, बुवा र आमा थिए । प्रमुख सचेतक ढकाल भने घरमा थिएनन् ।

केही दिन यता बिरामी भएका ढकाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् ।ढकाल सुत्ने कोठासम्मै बम प्रहार भएको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

पाँचवटा बम प्रहार भएकोमा दुईवटा बम नपड्किएको प्रहरीले जनाएको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

मोटरसाइकलमा आएका तीन जनाले बम हानेर भागेको प्रहरीले जनाएको छ । छिमेकीहरु जुटेर तत्काल आगो निभाएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापासहितको प्रहरीको टोलीले राति नै घटनास्थल पुगेर निरीक्षण गरेको थियो ।

त्यसक्रममा पेट्रोल र मट्टीतेल भरिएका बम फालेका र विस्फोट नभएका अवस्थामा बोतल फेला परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ