कांग्रेस अनुशासन समितिको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस, एक हजार उजुरी

कांग्रेस अनुशासन समितिको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस, एक हजार उजुरी

  • बुधबार, साउन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसले गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र त्यसका समर्थक, प्रस्तावकलाई कारबाही गरेको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस भएको छ ।

बुधबार पार्टी अनुशासन समितिको प्रतिवेदन अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले केन्द्रीय समितिमा पेस गरेका छन् ।लगभग एक हजार उजुरी अनुशासन समितिमा दर्ता भएपनि बाँकी उजुरीका विषयमा समितिले छानबिन गरिरहेको जनाइएको छ ।

अनुशासन उल्लंघनका घटना फरक–फरक ढंगका भएको भन्दै समितिले कारबाहीको दायरा पनि फरक गर्न सुझाएको छ ।नयाँ विधान र नियमावलीका आधारमा बाँकी कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

आउँदो उपनिर्वाचन गर्नुपर्ने स्थानहरुमा कुन मापदन्डबाट उम्मेदवार चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।कार्यकाल सकिएका पार्टी शुभेच्छुक संघ–संस्थाको अधिवेशन वा तदर्थ समिति बनाउने भन्ने विषयमा पनि जारी बैठकबाटै निर्णय हुनेछ ।बैठकले यसअघि पार्टी अन्तरकालीन समिति बनाउनेबारे निर्देशिका पारित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ