पेट्रोलियम पाइपलाइनको उद्घाटन भदाैँमा हुने

पेट्रोलियम पाइपलाइनको उद्घाटन भदाैँमा हुने

  • बुधबार, साउन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, २९ साउन । बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटन भदाैँमा हुने भएकाे छ । नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटन गर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ।पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ।

भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) निर्धारण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहज हुने गरी ती दुवैमध्ये एक छनोट गरिनेछ। यसरी छनोट भएको दिनमा हाइटेक प्रविधिमार्फत उक्त पाइपलाइनको उद्घाटनगर्ने तय भएको छ। उद्घाटनपश्चात यो पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा पाइपलाइन उद्घाटन गर्नेछन्। उदघाट्नका बेला भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नेछन्। त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरले समात्नेछ। यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाइले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्व खुल्नेछ। यसपछि ओलीको रिमोट थिचाइले उक्त डिपोमा इन्धन खसालिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी