२० ओटा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने

२० ओटा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने

  • शनिबार, साउन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, साउन २५ । सरकारले चालू आर्थिक वर्षमा २० ओटा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने भएको छ । विद्युतीय सवारी–साधनको प्रवर्द्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेसन निर्माणमा विशेष जोड दिइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालू आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी–साधनको प्रयोगलाई देशवयापी बनाउन पर्याप्त मात्रामा चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रम समावेश छ ।

सरकारले केही दिनपहिलेमात्रै साझा यातायातलाई ३०० विद्युतीय बस खरिदका लागि रु तीन अर्ब बजेट उपलब्ध गराइसकेको छ ।

यस्तै, प्रदेश नम्बर–३ सरकारले पनि साझा यातायातसँगको सहकार्यमा नै विद्युतीय सवारी–साधन सन्चालन गर्ने तयारी गरेको छ ।

चार्जिङ स्टेसनका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । त्यस्ता स्टेसन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बोलपत्रको कामसमेत सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी