सुनको मूल्यकाे नेपाली बजारमा नयाँ रेकर्ड

सुनको मूल्यकाे नेपाली बजारमा नयाँ रेकर्ड

  • बिहिबार, साउन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २३ साउन । सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुन तोलामा ७० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बढ्दै ७० हजार पुगेको हो ।बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो। बुधबार तोलामा ६९ हजार ५ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो।

साउन ३ गतेदेखि उकालो लागेको सुनको मूल्य साउन १६ गतेसम्म घट्ने र बढ्ने क्रम जारी रह्यो। साउन १७ गतेदेखि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ। १७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, साउन १९ गते फेरि तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिन १५ सय रुपैयाँले बढेर साउन २० गते सुन तोलाको ६७ हजार ८ सय कायम भयो। यस्तै २१ गते मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।  बुधबार १५ सय बढेको सुन, बिहीबार पाँच सय बढ्दै ७० हजार पुगेको हो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका-चीन व्यापार युद्धका कारण सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य आकासिएको हो। सुनको मूल्य निरन्तर बढ्न थालेपछि नेपाली बजारमा सुनको कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी