सिइओ र सञ्चालक बन्न उमेर हद

सिइओ र सञ्चालक बन्न उमेर हद

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गरेसँगै चालु आर्थिक वर्षको (२०७६/०७७) मौद्रिक नीतिले गरेको व्यवस्था आज (मङ्गलबार) बाट लागु भएको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि त्यसमा समेटिएका विषयहरु राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गरेपछि मात्रै कार्यान्वयनमा आउछ । सोमबार साँझ एकीकृत निर्देशिका संशोधन भएसँगै आजबाट मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनमा गएकाे नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

आर्थिक बर्ष २०७६÷०७७ का लागि काउन्टर साइकल बफरको अनुपात कुल जोखिम भारित एक्सपोजरको २ प्रतिशत तोकिएको छ । यस्तो बफर २०७७ असार मसान्तसम्म कायम गरिसक्नुपर्नेछ । यदि सो समयावधिमा बफर पुँजीकोष कायम नगरे यो वर्षको नाफाबाट मुनाफा दिन रोक लगाइने राष्ट्र बैङ्कले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका २०७५ संशोधन गरेको छ ।  सो संशोधनले यस्तो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका संशोधन गर्दै ५० लाख भन्दा बढीको कर्जा लिने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने प्रावधान गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले १५ लाख सम्मको कृषि उद्यम तथा व्यवसाय प्रबद्र्धन कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशतसम्म थप गरी ऋणको ब्याज लिन पाइने छ । यस्तो कर्जा प्रवाह गर्दा मोटरबाटो नभएको खेतीयोग्य जमिनलाई पनि धितोको रुपमा राख्न पाइने छ । यस्तो ऋण प्रवाह गर्दा कुनै सेवा शुल्क लाग्दैन । बैङ्क तथा वित्तीय संस्थाले यस्तो कर्जा माग भएको सात दिन भित्र स्वीकृति दिनुपर्नेछ । यदि स्वीकृत हुन नसक्ने अवस्था आयो भने सम्बन्धित ग्राहकलाई चित्त बुझ्दो कारण पेश गर्नुपर्नेछ ।

बैङ्क तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ६५ वर्ष उमेर नाघेको व्यक्ति अयोग्य हुने भएको छ । यदि अहिले ६५ वर्ष उमेरको सिइओ छन् भने उनीहरु ६९ वर्षसम्म बहाल रहन सक्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । यता सञ्चालकमा ७० वर्ष पुगेपछि योग्य मानिने छैन । यदि यहि उमेरको व्यक्ति अहिले सञ्चालकमा छन् भने उनीहरु आगामी ४ वर्ष अर्थात् ७४ वर्षसम्म रहन सक्ने व्यवस्था छ ।

बाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्त कम्पनीले समेत लघुवित्त कारोबार गरेको भए त्यस्तो कारोबारको छुट्टै सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ । यसअघि यस्तो व्यवस्था थिएन् ।

वाणिज्य बैङ्कहरु एक आपसमा गाभिएर आगामी असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरे भने शाखा खोल्न राष्ट्र बैङ्कको स्वीकृति लिइरहनु पर्दैन । उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा शाखा खोल्न केन्द्रीय बैङ्कको अनुमति आवश्यक छैन ।

बैङ्क तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा प्रकाशित भएका  सामाग्री २०७६ पुससम्म नेपालीमा पनि प्रकाशन गर्नुपर्ने व्यवस्था गर्नुपर्नेछ । यस्तै आफ्ना ग्राहकलाई आफूले प्रदान गर्ने सेवा अडियो नोटिस बोर्डमा पनि उपलब्ध गराउनु पर्नेछ ।

अबदेखि बैङ्क तथा वित्तिय संस्थाले बीमा अभिकर्ताको काम गर्न नपाउने भएका छन् । तर कर्जा प्रवाहका  क्रममा ऋणीले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउन, कजाको बिमा गराउन वा बिनाधितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएको कर्जाको हकमा कर्जा अवधिसम्मका लागि अणी आवधिक जीव बिमा गराउन भने पाइनेछ ।

बैङ्क तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिनुपर्नेछ । यस्तो कर्जा अविकसित र अति कम विकसित क्षेत्रका उत्पादनमुलक उद्योगलाई दिनुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी