बैंक तथा वित्तीय संस्थाले अभिकर्ताको काम गर्न नपाउने, बीमालेख बिक्रीमा रोक

बैंक तथा वित्तीय संस्थाले अभिकर्ताको काम गर्न नपाउने, बीमालेख बिक्रीमा रोक

  • सोमवार, साउन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, २० साउन ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बीमा अभिकर्ताको रुपमा काम गर्न नपाउने सर्कुलर जारी गरेको छ ।
बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ को व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रबाहको क्रममा ऋणीले छनौट गरेको बीमा कम्पनीबाट मात्रै कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तीको बीमा गर्न सकिने व्यवस्था छ । सोहि व्यावस्थाबारे जानकारी सहित नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरी बैंक तथा वित्तीय संस्थाले बीमा सम्बन्धी कार्य गर्न नपाउने व्यवस्थालाई प्रष्ट पारेको हो ।
कर्जाको बीमा गराउन वा बिना धितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएका कर्जाको हकमा कर्जा अवधि सम्मको लागि ऋणीको समेत जीवन बीमा गराउन सकिने व्यवस्था गरेको छ ।
यस व्यवस्थासंगै बैंकहरुले बीमा कम्पनीहरुको बीमालेख बिक्री गर्ने कार्यमा रोक लागेको छ । मौद्रिक नीतिको यस ब्यवस्थाले सम्बन्धी बीमा कम्पनीका अधिकारीहरु समेत अन्यौलमा थिए । राष्ट्र बैंकले जारी गरेको सर्कुलरसंगै बीमकहरूको अल्यौलको अन्य भएको हो ।
अब बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीहरुसंगको साझेदारीमा बीमा पोलिसीहरु बिक्री गर्न पाउने छैनन् ।
यस अघि बैंकास्योरेन्सको नाममा बैंकले ऋणीहरुलाई दबाबमा पारेर बीमा कम्पनीको बीमालेखहरु जारी गर्दै आईरहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी