सोमबार प्रतिनिधिसभा बैठक आह्वान, बैठक चल्ने नदिने प्रतिपक्षदलकाे अडान कायमै

सोमबार प्रतिनिधिसभा बैठक आह्वान, बैठक चल्ने नदिने प्रतिपक्षदलकाे अडान कायमै

  • सोमवार, साउन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडाैं, २० साउन । प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान कायमै राखेका छन् । उनीहरूले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका हुन।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिए ।  कांग्रेस सचेतक भुसालले सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने बताइन्। उनले लोकतन्त्रको पक्षमा, संसदीय अभ्यासको पक्षमा र मानव अधिकारको पक्षमा सरकार छ भने उसले सो घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्नुको विकल्प नरहेको दाबी गरिन्।

त्यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालका सांसद कर्णले सर्लाहीमा ३ जना नागरिकको राज्य पक्षबाट गैरन्यायिक ढंगले हत्या भएको दावी गर्दै त्यसको तथ्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने स्पष्ट पारे। त्यसैगरी सरकारले पटकपटक प्रतिवद्धता जनाएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरेसम्म संसद बैठक चल्ने नदिने उनको भनाई थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ